प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

प्रदेश संग्रहालय

पोखरा-०९, गण्डकी प्रदेश, नेपाल

कार्यालय प्रमुख

करुणा राई

सूचना अधिकारी

कविन्द्र राज पौडेल


-

हाम्रो बारेमा

प्रदेशसंग्रहालय, पोखरा

क्षेत्रीय विकासको संतुलनमा टेवा पुर्याउने, संकृतिको संरक्षण र पर्यटन उद्योगको विकास गर्ने उद्देश्य प्राप्तिका लागि क्षेत्रीय संग्रहालय पोखराको स्थापना गरिएको थियो । जसको लागि तत्कालीन सरकारले आ. व. २०३७/३८ तिरजग्गा अधिकरण गरि आ. व. २०३९/४०मा कार्यालय स्थापना गरी सामग्री संकलन कार्य प्रारम्भ भयो ।वि.स. २०४१ माघ २३ गते सर्वसाधारणको लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालय पोखरा देशको वर्तमान राजनितिक परिवर्तन पश्चात प्रदेश संग्रहालयको रुपमा वि.स.२०७५ भाद्र २४ गते रुपान्तरण भएकोहो ।

सुन्दर पर्यटकीयनगरी पोखराको मुटुमा अवस्थित यो संग्रहालय,पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा अवस्थित छ । पृथ्वी चोकबाट करिव ३ कि. मि. उत्तरमा अवस्थित यो संग्रहालय कूल २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।यस संग्रहालयमा चारवटा प्रदर्शनी कक्षहरु छन् ।

साविकपश्चिमाञ्चलविकासक्षेत्र र हालको गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, भेषभुषा, गरगहना, बाजागाजा,कृषिऔजार, जातिहरुको प्रतिकृति, देवीदेवताका मूर्तिहरु तथा सस्कृति सम्वन्धी विभिन्न सामाग्रीहरु यस संग्रहालयमा संकलित तथा प्रदर्शित छन् ।

साथै मुस्ताङ्ग जिल्लाको उत्खनन्‌बाट प्राप्त पुरातात्विक सामाग्रीहरु पनि यस संग्रहालय प्रदर्शनीको मुख्य आकर्षणहो । यस कक्षमा माटाका भाडाकुँडा, माला, धातुका हातहतियार, काठका हतियार, हाडका सामाग्री तथा गहना, ढुङ्गाका औजार, माटाका साना भाँडावर्तन, धातुका गहना, आदि प्रदर्शितछन् । यस कक्षको अवलोकनबाट नेपालको पहाड तथा हिमालमा भएको सभ्यताको विकासक्रमको बारेमा जानाकारी प्राप्त हुन्छ ।

हाल यससंग्रहालयमा प्रशासनिक भवन, चारवटा ग्यालरी, सुन्दरबगैचा, बालउद्यान र पार्किङ स्थलरहेकाछन् । यस क्षेत्रको एक मात्र सरकारी स्तरको यो संग्रहालयले गुरुयोजना अनुरुप विकास निर्माणको कार्य गर्दै आएको छ ।

यस संग्रहालयले मूलतः निम्न कार्यहरु संपादन गर्दछ ।

  1. महत्वपूर्ण सामग्रीहरुको संकलन गर्ने ।
  2. सामग्रीहरुको व्यवस्थित प्रदर्शन गर्ने ।
  3. सामग्रीहरुको व्यवस्थित भण्डारण तथा संरक्षण गर्ने ।
  4. धार्मिक, सांस्कृतिक तथा पुरातात्विक संपदाहरुको प्रवर्द्दन गर्ने ।
  5. नेपाली कला, संस्कृति र इतिहासको प्रचार गर्ने ।
  6. अध्ययन अनुसन्धानको क्षेत्रमा सहयोग पुर्याउने ।
  7. गुरुयोजना अनुसार संग्रहालयको विकास तथा विस्तार गर्ने ।