रसायन संरक्षण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी
प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश संग्रहालय पोखराको आयोजनामा मिति २०८१ जेठ २६ र २७ गते दुई दिवसीय रसायन संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
उक्त गोष्ठीमा समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल, सोही मन्त्रालय अन्तरगत उच्च शिक्षा तथा संस्कृत महाशाखा प्रमुख भोजराज न्यौपाने, पृथ्वी नारायण क्याम्पसका प्राध्यापक लक्ष्मण श्रेष्ठ, प्रशिक्षक द्वय वरिष्ठ रसायनविद गृहमान श्रेष्ठ र केमिस्ट सुमि राई लगायत अन्य विभिन्न संग्रहालयबाट १९ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो।
उक्त गोष्ठीको कार्यक्रम संचालन र स्वागत मन्तव्य सहित कार्यक्रमको प्रस्तुतीकरण प्रदेश संग्रहालयका अधिकृत छैठौं कविन्द्रराज पौडेल र देवकी ढकाललले गर्नुभएको थियो। साथै कार्यक्रमको समापन प्रदेश संग्रहालयका कार्यालय प्रमुख करुणा राईले सहभागीहरुलाई धन्यवाद दिँदै कार्यक्रम उत्साहजनक एवं लाभदायक रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरता रहिरहने प्रतिवद्धताका साथ सम्पन्न भएको छ।
Download: रसायन संरक्षण सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी