संग्रहालय सदस्यता
के तपाईले संग्रहालय सदस्यता प्राप्त गर्नभयो ? गर्नभएको छैन भने संग्रहालय सदस्यता प्राप्त गरि सहुलियत रुपमा संग्रहालयको भ्रमण गर्नुहोस् ।
शर्तहरु
- नेपाल भित्रको कुनै पनि सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने छ ।
- कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सदस्य बन्न सक्नेछन् ।
आवश्यक कागजातहरु
- विद्यार्र्थी र विद्यालयको नाम र ठेगाना
- पासपोर्ट साइजको २ प्रति फोटो
- शुल्क प्रति विद्यार्थी रु ५० मात्र
प्रदान गरिने सेवा सुविधा
- संग्रहालय अवलोकनका लागि हरेक पटक आउँदा थप एक जना सहित निःशुल्क प्रवेश गर्न पाइने छ ।
- संग्रहालयद्वारा आयोजना गरिने शैक्षिक तथा अन्य कार्यक्रमहरुमा सहभागी गराइने छ ।
पुनश्च
- यस कार्यक्रममा सहभागी हुनको लागि कार्यालयको प्रशासन शाखा वा वेबसाइटबाट संग्रहालय सदस्यता फारम प्राप्त गरि सबै विवरण भरि संग्रहालयको प्रशासन शाखामा बुझाउनु पर्नेछ ।
- यसरी प्राप्त हुन आएका सदस्यता फारमका आधारमा संग्रहालयद्वारा सदस्यता परिचय पत्र उपलब्ध गराईने छ ।
- प्रत्येक पटक संग्रहालय अवलोकनका लागि अनिवार्य रुपमा संग्रहालय परिचय पत्र टिकट काउन्टरमा देखाउनु पर्दछ ।